राजनीति

सर्वोच्चमा न्यायाधीशद्वारा ईजलास बहिस्कार



काठमाडौँ, ८ कार्तिक । सर्वोच्च अदालतका न्यायाधीशहरुले ईजलास बहिस्कार गरेका छन् ।

प्रधानन्यायाधीशले तोकेको पेशी बहिष्कार गर्दैै न्यायाधीशहरु ईजलास नगएका हुन् । दसैं, तिहारसहितका विदामा समेत नरोकिने बन्दी प्रत्यक्षीकरणको सुनुवाई आज प्रभावित भएको छ । ईजलास नगएर न्यायाधीशहरु बैठक बसेका थिए ।

प्रधानन्यायाधीशलाई भेट्ने निर्णय गरेका छन् । आज बसेको १३ जना न्यायाधीशहरुको संयुक्त बैठकले भोलि विहान ११ः३० मा प्रधानन्यायाधीशलाई भेट्ने निर्णय गरेको हो ।