Banner News

थप ७७६ जनामा कोरोना संक्रमण, ५०१ जना डिस्चार्ज



काठमाडौँ, ८ कार्तिक । थप ७ सय ७६ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख ९ हजार ७ सय ३९ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या १० हजार ३ सय ६० जना रहेका छन ।

मन्त्रालयका अनुसार आज ५ सय १ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ७ लाख ८८ हजार ८ जना रहेको छ । आज १३ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ११ हजार ३ सय ६१ जना पुगेको छ ।