Banner News

काठमाडौँका आठ वटा नगरपालिकामा एस्ट्राजेनेकाको खोप लगाइँदै



काठमाडौँ, ९ कार्तिक । काठमाडौँका आठ वटा नगरपालिकामा आजदेखि एस्ट्राजेनेकाको दोस्रो मात्रा खोप लगाइने भएको छ ।

काठमाडौँका आठ वटै नगरपालिकामा १८ वर्ष माथिका एस्ट्राजेनेकाको पहिलो खोप लगाएकाहरुलाई आजदेखि दोस्रो डोज खोप दिइने स्वास्थ्य कार्यालयले जनाएको हो ।