काठमाडौँ, ९ कार्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद पुनर्स्थापना र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिने पाँचै जना न्यायाधीशले राजीनामा दिनुपर्ने बताएका छन् ।
अध्यक्ष केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कार्यालय, थापाथलीको वार रुमबाट भर्चुअल माध्यमबाट स्थानीय तह अधिवेशनको उद्घाटन गर्दै सो कुरा बताएका हुन् ।
उनले भने, ‘परमादेश त पाँच जनाले गर्नुभएको थियो । एक जनासँग मात्र किन राजीनामा माग्नुहुन्छ ? पाँचै जनाले राजीनामा दिनु उपयुक्त होइन र ?’
अध्यक्ष ओलीले अहिलेको सरकार पञ्चरंगी भएको टिप्पणी गर्दै उनले गठबन्धनको सरकारको कार्यक्षमता देखिएको पनि बताए । “यो पञ्चरंगी सरकार, गठबन्धनवाला सरकार जति मिले पनि कार्यक्षमता के हुँदो रहेछ हामीले अहिले देख्यौँ,” उनले भने ।
ओलीले सबै मिलेर एमालेको सरकारलाई साढे तीन वर्षमा हटाइएको बताए । उनले अदालतलाई विवादको थलो नबनाउन आग्रह समेत गरे ।










प्रतिक्रिया दिनुहोस्