भक्तपुर, ९ कार्तिक । राम चन्द्र प्रजापति । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को आज देशभर ७५३ नगररगाउँ कमिटीको ऐतिहासिक प्रथम अधिवेशनको क्रममा भक्तपुर नगर संगठन कमिटीको भक्तपुर क्षेत्र नं. २ का संघीय सांसद एवं नेपाल कम्युनिष्ट पार्टी एमालेका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न भयो ।
प्रमुख अतिथी वस्नेतले आगामी मंसिर १० देखि १२ गते सम्म चितवनमा हुने केन्द्रीय महाधिवेशनमा ५ लाख जना सहभागी हुने जानकारी नगर अधिवेशनमा गराउनुभयो । पार्टीमा निरन्तर लागिरहनु पर्ने र पार्टीले उचित मूल्यांकन गरिन्छ भन्नुभयो । जसको उदाहरण भक्तपुर नगरबाट बागमती प्रदेश संसद भइ राज्यमन्त्री हुन सफल सरस्वती बाटीले पाउनु भएको अवसरले प्रष्ट रहेको छ, निरन्तर राजनीतिमा लागेकोले पार्टीले अवसर दिएको बताउनुभयो ।
भक्तपुर नगरपालिका प्रत्यक्ष रुपमा नेमकिपाले शासन गरेको होला तर अप्रत्यक्ष रुपमा नेकपा एमालेले शासन गरेको हो भनी बस्नेतले अधिवेशनमा बताउनु भयो । भक्तपुर नगरमा एमाले पार्टी शसक्त बनाउन आजका विशेष अतिथी नेकपा बागमती प्रदेश सदस्य तीन सुवालको महत्त्वपूर्ण भुमिका रहेको छ । कानुनी लडाइँ गर्न अधिवक्ता सानु सुवाल, सामाजिक कार्य गर्न समाजसेवी सहकारी अभियानता बाल मुकुन्द सुवाल र भक्तपुर अस्पताल बिकास समिति अध्यक्ष मिलन सुवाल रहेको नगरमा अझ एमाले पार्टीको झन्डा फहराउन सकिने बताउनु भयो ।
भक्तपुर नगर संगठन कमिटी अध्यक्ष विष्णु सुवालको सभापतित्वमा सम्पन्न अधिवेशनमा नेकपा एमाले जिल्ला अध्यक्ष वचन देउजा, बागमती प्रदेश सदस्य बाल मुकुन्द सुवाल, जिल्ला कमिटी सदस्य मदन देउला, नगर संगठन सचिव विश्वराज शिल्पकार लगायतले अधिवेशन सफलताको शुभकामना दिनुभयो ।










प्रतिक्रिया दिनुहोस्