खोटाङ, १० कार्तिक । नेकपा (एमाले)का मुलुकभर ७५३ वटै नगर रगाउँपािलका अधिवेशन एकसाथ सम्पन्न हुँदैगर्दा खोटाङको पनि दशवटै पालिकामा भब्यरुपमा अधिवेशन सम्पन्न भएको छ ।
बुधवार १ बजे पार्टीका अध्यक्ष केपी शर्मा ओलीले जुममार्फत गर्नुभएको उद्घाटन पछि भएको अधिवेशनले मुलुकभर करिव ६०० भन्दा वढी पालिकाहरुमा सर्वसम्मत ढंगले नेतृत्व छनौट भएको छ । बाँकी केहीमा भने निर्वाचनको प्रकृयामा गएको छ । यसै क्रममा खोटाङका १० वटै पालिकाको अधिवेशनबाट सर्वसम्मत ढंगेले नेतृत्व छनौट गरिएको छ ।
जिल्लाका १० वटै निर्वाचित अध्यक्षहरुमा केपिलासगढीमा खगेन्द्र राई, ऐसेलुखर्कमा टेकेन्द्र राजभण्डारी, रावाबेसीमा बलराम रिजाल, हलेसी तुवाचुङमा डिल्लि चाम्लिङ, दिक्तेल रुम नगरपालिकामा गोपाल आचार्य, साकेलामा बद्री राई, खोटेहाङमा बिकास राई, जन्तेढुङामा यमकुमार राई, बाराहपोखरीमा दीर्घ मगर र दिप्रुङ चुईचुम्मामा कृष्ण कार्की निर्वाचित हुनभएको छ ।










प्रतिक्रिया दिनुहोस्