राजनीति

मन्त्री झाँक्री अस्पताल भर्ना



काठमाडौं, ११ कार्तिक । सहरी विकासमन्त्री रामकुमारी झाँक्री अस्पताल भर्ना भएकी छन् ।

ज्वरो र रुघाको समस्या देखिएपछि बुधबार वीर अस्पताल भर्ना भएकी हुन् । उनलाई निमोनिया देखिएको छ ।

सामान्य प्रकृतिको निमोनिया देखिएको कोभिड युनिफाइड अस्पताल वीरका प्रमुख प्रशासकीय अधिकारी डा. भूपेन्द्र बस्नेतले जानकारी दिए ।मन्त्री झाँक्रीको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको डा. बस्नेतले बताए ।