काठमाडौं, ११ कार्तिक । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र स्विट्जरल्याण्डका राजदूत एलिजाबेथ भोन क्यापेलरबीच शिष्टचार भेटवार्ता भएको छ ।
आज बिहान मन्त्रालयमा भएको भेटवार्ताको क्रममा मन्त्री पौडेलले स्विट्जरल्याण्ड सरकारले नेपालमा प्राविधिक शिक्षाको विकास र विस्तारका लागि लामो समयदेखि प्राविधिक र आर्थिक क्षेत्रमा निरन्तर रुपमा सहयोग गर्दै बताउँदै थप परियोजनामा सहयोग गर्न आग्रह गरेका छन् ।
मन्त्री पौडेलले प्राविधिक तथा व्यवासायिक शिक्षा एवम् तालिमको माध्यमबाट सिपयुक्त दक्ष जनशक्ति तयार गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्दै समृद्ध नेपाल निर्माणको यात्रामा स्विट्जरल्याण्ड सरकारबाट थप सहयोग प्राप्त हुने बताए ।
भेटवार्तामा राजदूत क्यापेलरले प्राविधिक तथा व्यवसायिक परियोजनाका लागि शिक्षा मन्त्रालयले आवश्यक कानून पारित गरी लगानीको वातावरण सिर्जना गर्न आग्रह गरेकी थिइन् । उनले भनिन्, ‘हाम्रो देशमा ८० प्रशितमा विद्यार्थी प्राविधिक तथा व्यवासायीक शिक्षामा छन् । उनीहरू त्यहाँबाट सिधै रोजगारीमा केन्द्रित हुन्छन् त्यही अनुसार शिक्षामन्त्रालयले कानून निर्माण गरोस् भन्ने हाम्रो भनाइ हो ।’










प्रतिक्रिया दिनुहोस्