Banner News

थप ५९१ जनामा कोरोना संक्रमण, ६६४ जना डिस्चार्ज



काठमाडौँ, ११ कार्तिक । थप ५ सय ९१ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख ११ हजार ४ सय ७ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या १० हजार २ सय ३६जना रहेका छन ।

मन्त्रालयका अनुसार आज ६ सय ६४ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ७ लाख ८९ हजार ७ सय ८९ जना रहेको छ । आज २ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ११ हजार ३ सय ८२ जना पुगेको छ ।