काठमाडौँ, १२ कार्तिक । आज देशका केही भागमा सामान्य वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही वाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको संभावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
त्यस्तै आज राति देशको पहाडी भू–भागमा आंशिक बदली रही वाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।
केही दिन यता तापक्रम घट्न थालेको महसूस हुन थालेको छ । बिहान र बेलुका चिसो हुन गरेको छ । तापक्रम निरन्तर घटन थालेपछि चिसो बढ्न थालेको छ ।
आज काठमाडौँ उपत्यकाको तापक्रम १२.४ डिग्री सेल्सियसमा आइपुगेको छ । हिमपात सुरु भएसँगै तापक्रम घट्ने क्रम सुरु भएको छ । उच्च पहाड र हिमालमा हिमपात हुन सुरु भइसकेको विभागले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्