Banner News

राष्ट्रिय सभा निर्वाचन माघ ७ अथवा १० गते गर्न आयोगको प्रस्ताव



काठमाडौँ, १२ कार्तिक । निर्वाचन आयोगले फागनुमा रिक्त हुन लागेको राष्ट्रिय सभाका २० सदस्यको निर्वाचन माघ ७ अथवा १० गते गर्न प्रस्ताव गरेको छ । आयोगले सरकारसँग सो मितिमा निर्वाचन गर्न प्रस्ताव राखेको हो ।

आयोगले माघ ७ वा १० गते निर्वाचन गर्न सकिने सरकारलाई जानकारी गराएको हो । सरकारले मिति भने तय गरीसकेको छैन । प्रधानमन्त्री भ्रमणबाट फर्किएपछि मिति तय हुने स्रोतले जनाएको छ ।