समाचार

आजको मौसम



काठमाडौँ, १४ कार्तिक । हाल नेपालमा कुनै उल्लेखनीय मौसम प्रणाली नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले‍ जनाएको छ ।

महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू–भागमा आज मौसम सामान्यतया सफा रहने छ । आज प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज बिहान देशको पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । त्यस्तै आज राति प्रदेश १, वाग्मती र गण्डकीमा आंशिकदेखि सामान्य बदली र बाँकी भू–भागमा आंशिक बदली रहने छ । यस्तै, प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले‍ जनाएको छ ।

देशका पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातकोसमेत सम्भावना रहेकोले सामान्य सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।