काठमाडौँ, १५ कार्तिक । थप ५ सय ३३ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख १३ हजार ११ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ९ हजार ३ सय १८ जना रहेका छन ।
मन्त्रालयका अनुसार आज ४ सय ९० जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ७ लाख ९२ हजार २ सय ७७ जना रहेको छ । आज ९ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ११ हजार ४ सय १६ जना पुगेको छ ।










प्रतिक्रिया दिनुहोस्