समाचार

मोटरसाइकल दुर्घटनामा प्रहरी जवानको मृत्यु



रौतहट, १६ कार्तिक । रौतहटको पूर्वीभेग स्थित मोटरसाइकल दुर्घटनामा परेर एकजना प्रहरी जवानको मृत्यु भएको छ ।

गएराति गढी माई नगरपालिकाको धरमपुरस्थित बागमती नदीको पुलमा ठोक्किएर सर्लाहीको धनकौल वैरिया घर भई दुर्गा भगवती गाउँपालिका  बडहराका प्रहरी चौकीमा कार्यरत  ३३ बर्षिय रामनिवास यादवको मृत्यु भएको हो ।

उक्त घटनाबारे थप अनुसन्धान भइरहेको र मृतक प्रहरी जवान यादवको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल गौर  पठाइएको प्रहरीले जनाएको छ ।