रौतहट, १६ कार्तिक । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आउने चुनाव पाँचदलीय गठबन्धनले मिलेर लड्ने बताएका छन् ।
आज बिहान रौतहटमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले तालमेलका लागि पाँच दलका नेताहरु बसेर छलफल गर्ने र एकताबद्ध भएर अगाडि बढ्ने बताए ।
साथै उनले प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबराको विवादको विषयमा सत्तारुढ गठबन्धनका नेताहरु बसेर छलफल गर्ने समेत बताए । उनले भने, ‘प्रधानमन्त्री विदेशबाट फर्किएपछि हामी छलफल गर्छौं ।’










प्रतिक्रिया दिनुहोस्