आज मिति २०७८ साल कात्तिक १८ गते बिहीबार । इश्वी सन २०२१ नोभेम्वर ४ । शकसंवत् १९४३ । नेपाल सम्वत ११४१ कौलागा । राक्षस दक्षिणयान शरद । बिहीबार कात्तिक कृष्णपक्ष । तिथि औँसी, १७ः३३ बजे उप्रान्त प्रतिपदा । नक्षत्र चित्रा । योग प्रीति १२ः ४२ बजे उप्रान्त आयुष्मान । चतुष्पद १६ः३४ बजेदी नाग, १७ः३३ उप्रान्त वालव। चन्द्रराशि तुला । आनन्दादि योग चर । दिनमान २७ः २६ । सुर्योदय ६ः१७ सुर्योस्त १७ः१६ । लक्ष्मीपुजा।
मेष : समस्या विभिन्न प्रकारका आऊने छन् । मिहेनेत गर्न नछोड्नुहोला । परिवारको सहयोग रहने छ । अध्ययन गर्ने रुची कम हुने छ ।
वृष : मित्रजनको सहयेग प्राप्त हुने छ । रोकिएका कार्य पुरा हुनेछन् । स्वास्थ्यमा सामान्य समस्या आउने देखिन्छ ।
मिथुन : अध्ययन गर्ने रुचि बढ्नेछ । सामाजिक कार्यमा समय दिनुपर्ने हुन्छ । मध्यान्ह पछि मनोरञ्जनात्मक कार्यमा सहभागी भइने छ।
कर्कट : प्रेम सम्बन्धमा सुधार आउने छ वैदेशिक कार्य बन्नाले आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्नेछ स्वास्थ्य राम्रो रहने छ ।
सिंह : भेटघाट तथा सामाजिक अभियानमा सहभागी हुनु पर्ने छ पदिय जिम्मेवारी लिनुपर्ने हुन्छ राजनैतिक क्षेत्रमा राम्रो हुने छ ।
कन्या : आर्थिक समस्या मिल्ने देखिन्छ । आफ्नो काम पुरा गरेरमात्र अन्य कार्य गर्न होला । मध्यान्ह देखि पेटसम्बधी सामान्य समस्या आउने छ ।
तुला : पारिवारिक भेटघाट गर्ने कार्यक्रम हुनेछ । आर्थिक क्षेत्रमा सुधार आउने छ महत्वपूर्ण भेटघाट हुने छ ।
वृश्चिक : झुटो आरोपको सामना गर्नुपने हुन्छ आमा वुवाको सहयोग मिल्ने छ यात्रा गर्ने सुअवसर मिल्ने छ ।
धनु : आय आर्जनका बाटाहरू बढ्नेछ । प्रेमप्रेमिकाबीच सामान्य कुरामा झगडा वा मनमुटाव बढ्ने छ स्वास्थ्यमा समस्या आउनसक्छ खानपिनमा निकै विचार गर्नु होला ।
मकर : वैदेशिक रोजगारीमा जाने अवसर मिल्नेछ मित्र सहयोग पाइने छ सामाजिक मानसम्मानन प्राप्त हुने छ ।
कुम्भ : पारिवारिक समस्या बढ्नेछ बोल्दा विचार गर्नहोला अध्ययन गर्ने रुचि बढ्ने छ मध्यान्ह पछि रोकिएका काम बन्ने छन् ।
मीन : प्रेमप्रस्ताव आउने छ नयाँ ठाँउको यात्रा गरिने छ । बोलीको प्रभाव बढेर जाने छ समाजमा सम्मानित भइने छ ।
अर्जुनप्रसाद न्यौपाने










प्रतिक्रिया दिनुहोस्