समाचार

एक युवक खोलामा मृत अबस्थामा फेला



रुपन्देही, १८ कार्तिक । गुल्मी र बाग्लुङको सिमनामा पर्ने बडिगाड खोलामा एक २७ वर्षीय युवकको शव फेला परेको  छ ।

बागलुङको  बडिगाड गाउँपालिका–९ का २८ वर्षीय शंकर परियार सोही पालिका–६ स्थित बडिगाड खोलाको किनारामा मृत अवस्थामा फेला परेका हुन् । कात्तिक ९ गते  दशैंको  पूर्णिमा मेला बुर्तिवाङ हेरी घर फर्कने क्रममा ढोरपाटन–२सिमलचौरदेखी मालारानी जाने गोरेटो बाटोको भिरबाट खसेर बडिगाड खोलामा खसे बेपत्ता भएको  प्रहरीलाई जानकारी दिएको थियो ।

सोही अनुरुप  ईलाका प्रहरी कार्यालय बुर्तिवाङबाट खटिएको प्रहरीले खोजी गर्दै जाने क्रमममा बुधबार  उक्त खोलाको किनारामा उनको शव फेला पारेको हो ।