समाचार

बागमतीमा पौडी खेल्दा एक जनाको मृत्यु



काठमाडौँ, १८ कार्तिक । काठमाडौँको गोकर्णस्थित बागमती नदीमा पौडी खेल्दा एकजनाको मृत्यु भएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार माकलबारी बसपार्कस्थित ड्याममा डाइभ हानेर नदीमा पसेका ३५ वर्षीय युवक मृत फेला परेको हो । नदीमा उनीसँगै पौडिन गएका अरु दुईजना सकुशल निस्केका छन् ।

मृतक मापसे गरेर पौडिन गएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । मृतकको पहिचान खुलेको छैन । उनले बोतल, कागज टिपेर गुजारा गर्ने गरेको स्थानीयवासीहरुले बताएका छन् ।