काठमाडौँ, १९ कार्तिक । आज प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार काठमाडौँ उपत्यकामा आज विहान ९.६ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ । विहान ६ बजेको तापक्रम ९.६ डिग्री सेल्सियस मापन गरिएको हो ।
९.६ डिग्री सेल्सियस यो वर्षको आजसम्मको सबैभन्दा न्यून तापक्रम भएको विभागले जनाएको छ । वरिष्ठ मौसमविद् निराजन सापकोटाका अनुसार विस्तारै तापक्रम घट्दै छ । यदि पानी परेको भए चिसो धेरै बढिसकको हुने थियो । तर, पानी नपरेर बादल मात्रै लागेकाले थोरै–थोरै गरेर चिसो बढिरहेको छ । पानी नपरेर बादलमात्रै लागि रहने हो भने चिसो बढ्न समय लाग्ने उनको भनाइ छ ।










प्रतिक्रिया दिनुहोस्