काठमाडौँ, २० कार्तिक । थप १ सय ३९ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख १४ हजार ४ सय १७ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ८ हजार १ सय ४४ जना रहेका छन ।
मन्त्रालयका अनुसार आज ६ सय ५९ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ७ लाख ९४ हजार ८ सय ३४ जना रहेको छ । आज १ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ११ हजार ४ सय ३९ जना पुगेको छ ।










प्रतिक्रिया दिनुहोस्