समाचार

१५ जना जुवाडे पक्राउ



भक्तपुर, २० कार्तिक । भक्तपुरमा जुवा तास खेल्ने १५ जना पक्राउ परेका छन् ।

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार गए राती भक्तपुरको चाँगुनारायण नगरपालिका ८ सुडाल पुरी गाउँका मणिराम पुरीको घरमा जुवा तास खेलिरहेका १५ जनालाई पक्राउ गरेको हो ।

उनीहरूको साथबाट दुई बुक ताससहित १२ लाख ४३ हजार सात सय ८० रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।