Banner News

प्रतिगामी परमादेशहरू अरु पनि आउन सक्छन् : अध्यक्ष ओली



काठमाडौँ, २१ कार्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असार २८ का जस्ता प्रतिगामी परमादेशहरू अरु पनि आउन सक्ने बताएका छन् ।

काठमाडौँमा आज एमाले कर्णाली- काठमाडौँ सम्पर्क समितिले तिहारका अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले नभएको भए २०१७ सालको जस्ता घटना केही परमादेशकै क्रममा हुन सक्ने बताउदै सचेत रहन कार्यकर्ता पंक्तिलाई आह्वान समेत गरेका छन् ।

त्यस्तै अध्यक्ष ओलीले एमाले सरकार छाड्न तयार रहेको तर देशलाई तलमाथि हुन र संविधान तथा लोकतन्त्र कमजोर हुन नदिने बताए ।

अध्यक्ष ओलीले सत्तारुढ ५ दलीय गठबन्धन लोकतन्त्रको नास गर्ने भक्षकहरुको समूह भएको बताउदै उनले भने, ‘अहिले यो ५ दलीय गठबन्धन छ नि ! बर्का राधे राधे लगाएका हुन् कि ? राम राम लगाका हुन कि कृष्ण कृष्ण । यी सबै लोकतन्त्रका भक्षकहरु हुन् भक्षीहरु हुन्, ‘यिनीहरुलाई लोकतन्त्रका मूल्य मान्यता होइन, सत्ता चाहिएको छ, स्वार्थ पुरा गर्नुछ ।’