काठमाडौँ, २३ कार्तिक । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आफ्ना लागि एकल इजलास तोकेका छन् ।
बन्दी प्रत्यक्षीकरणको निवेदनबाहेक अरु मुद्दाको पेसी नतोक्ने र आफूलाई पनि इजलास नतोक्ने अघोषित सहमति गरेका प्रधानन्यायाधीश जबराले आज त्यो सहमति तोडेका छन् ।
आज प्रकाशित पेसी सूचीमा बन्दी प्रत्यक्षीकरणको निवेदन बाहेक सबै मुद्दा पेसीमा राखिएको छ । प्रधानन्यायाधीश जबराले आफ्नो एकल इजलाससहित अन्य ९ वटा इजलास तोकेका छन् । उनको यो कदमबाट अरु न्यायाधीशहरू थप असन्तुष्ट हुने सम्भावना बढेको सर्वोच्च अदालतस्रोतले जनाएको छ ।
नेपाल बार एशोसिएसनले सोमबार रातिमात्रै निर्णय सार्वजनिक गर्दै आफूलाई इजलास नतोक्न प्रधानन्यायाधीश जबरालाई चेतावनी दिएको थियो । यसबाट आन्दोलिन कानून व्यवसायीहरू पनि थप आक्रोशित हुने निश्चित भएको छ ।










प्रतिक्रिया दिनुहोस्