राजनीति

माओवादीमा गयो पहिरो : पुरै गाउँका नेता-कार्यकर्ता एमालेमा प्रवेश



सुर्खेत, २६ कार्तिक । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका १२ को पिपिरा टोलवाट नेकपा माओवादी केन्द्रका नेतासहित सिंगो गाउँ एमालेमा प्रवेश गरेको छ ।

माओवादी वीरेन्द्रनगर नगर कमिटी सदस्य कर्णवहादुर नेपालीसहित गाउँमा रहेका ४० जना माओवादी कार्यकर्ताहरु आज नेकपा एमालेमा प्रवेश गरेका हुन ।

पार्टी सुदृढीकरण तथा संगठन विस्तार अभियान अन्तर्गत आज उक्त टोलवाट माओवादी नेता कार्यकर्ताहरु प्रवेश गरेको नेकपा एमाले सुर्खेत जिल्ला कमिटी सदस्य पूर्णप्रसाद पौडेलले जानकारी दिए । नव प्रवेशीहरुलाई नेकपा एमालेका केन्द्रीय सदस्य एवम् कर्णाली प्रदेश सहइञ्चार्ज यमलाल कँडेलले स्वागत गरे । पार्टी प्रवेश कार्यक्रमलाई संवोधन गर्दै कँडेलले देशभर एमाले पार्टीप्रति आकर्षण वढिरहेको वताए ।

माओवादीबाट एमाले प्रवेश गरेका नेता कार्यकर्ताले प्रचण्ड कम्युनिष्ट होइनन भन्ने पुष्टि भएको बताएका छन । उनीहरुले प्रचण्डको भ्रममा अव कोही नपर्न समेत अपिल गरेका छन । एमाले वडा कमिटी अध्यक्ष चूडामणि चपाईको अध्यक्षतामा भएको पार्टी प्रवेश कार्यक्रममा एमाले प्रदेश कमिटी सदस्य खड्कवहादुर खत्री लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।