काठमाडौँ, २७ कार्तिक । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले नेकपा एमाले दक्षिणपन्थी गुटले कब्जा गरेकाले विद्रोह गरेर नयाँ पार्टी गठटन गर्नुपरेको बताउनुभएको छ ।
शनिबारबाट सुरु भएको सो पार्टीको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै नेता खनालले एमालेको नेतृत्व दक्षिणपन्थी गुटले कब्जा गरेको, गुटवादी क्रियाकलाप सञ्चालन गरेको र पार्टीमा वैचारिक सैद्धान्तिक विचलन भएकाले आफूहरूले विद्रोह गर्नुपरेको दावी गर्नुभयो । उहाँले एमाले अध्यक्ष केपी शर्मा ओलीले समाजवादी क्रान्तिको रूपान्तरणलाई समेत अस्वीकार गरेकाले विद्रोह अनिवार्य भएको बताउनुभयो ।
‘दुई तिहाइको बहुमत पटक पटक लत्याएको हुनाले, एकीकृत भैसकेको पार्टीलाई उत्प्रेषणको आदेशबाट फुटाउन लगाएकाले । नेपाली क्रान्तिलाई नयाँ चरणमा नयाँ ढंगले पुनर्गठन गरेर आन्दोलनलाई शक्तिशाली बनाउनुपर्छ । यथास्थितिवादका विरुद्ध लड्न, नयाँ सिर्जना,खोज, अग्रगति र क्रान्तिकारी परिवर्तनका लागि नयाँ प्रणाली र पद्धतिको विकासका लागि हुने छ । यो औचित्यपूर्ण विद्रोह हो । दक्षिणपन्थी अवसरवाद, गुटवादकाविरुद्ध न्यायपूर्ण नेपाली क्रान्तिको आवश्यकता अनुसारको विद्रोह हो ।’










प्रतिक्रिया दिनुहोस्