अर्थ

बढ्यो सुनचाँदीको मूल्य



काठमाडौँ, २८  कार्तिक । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन २ सय रुपैयाँले बढेर प्रतितोला ९४ हजार ६ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९४ हजार १ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर प्रतितोला १२ सय ९५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।