बनियानी, २८ कार्तिक । झापा मेचीनगर नगरपालिका–६ स्थित मेची पुलबाट शनिवार लागु औषध ब्राउनसुगरसहित एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका–६ का २२ वर्षीय प्रदीप बस्नेत रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शनिवार दिउँसो लागु औषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले बस्नेतलाई दुई ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको कार्यालयले जनाएको छ । रासस










प्रतिक्रिया दिनुहोस्