Banner News

नेपाली पौरख र गौरवभित्र लुकेर बसेका सम्पदाहरूको खोजी गर्न आवश्यक : प्रधानमन्त्री



काठमाडौँ, २८ कार्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली पौरख र नेपाली गौरवभित्र लुकेर बसेका सम्पदाहरूको खोजी र प्रकाशन गर्ने आवश्यक रहेको बताएका छन् ।

आज नेपाल प्रज्ञा प्रतिष्ठान प्राज्ञ सभाको ३६ औँ बैठक समुद्घाटन कार्यक्रममा प्रधानमन्त्री देउवाले नेपाली पौरख र नेपाली गौरवभित्र लुकेर बसेका सम्पदाहरूको खोजी र प्रकाशन आजको प्रमुख आवश्यकता भएको बताएका हुन् ।

उनले देउवाले भने, ‘आगामी दिनमा पनि प्रतिष्ठानले प्राज्ञिक अध्ययन अनुसन्धानबाट नेपालको विविध भाषाभाषी, जातजाती, समुदायका मौलिक संस्कृति कलाहरूलाई समेटेर उनीहरुको संरक्षण, संवर्द्धन, उन्नतीका क्षेत्रमा थप प्रयास गरिरहनेछ भन्ने मैले विश्वास लिएको छु, यहाँका हिमाल, पहाड, तराई, खोलानाला, गुम्बा, नेपालका आफ्नै कथाहरु छन्, प्रत्येक जाती र संस्कृतिसँग जोडिएका अनगिन्ती प्राज्ञिक कुराहरु छन्, नेपाली पौरख र नेपाली गौरवभित्र लुकेर बसेका कयौँ सम्पदाहरू छन्, यिनको खोजी र प्रकाशन आजको प्रमुख आवश्यकता हो ।’