काठमाडौँ, २८ कार्तिक । जयनगर-कुर्था (जनकपुर) रेलमार्ग सञ्चालनका लागि सरकारले फेरि रेल्वे अध्यादेश ल्याउने तयारी गरेको छ ।
यसका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मस्यौदा तयार गरेर कानुन मन्त्रालयका रायका लागि पठाएको छ । रेल चलाउनका लागि कानुन अपरिहार्य भएकाले अध्यादेश ल्याउन लागिएको मन्त्रालयले जनाएको छ ।
अब यसअघि जारी भएको अध्यादेशमा केही पक्ष मात्रै परिवर्तन गरेर मस्यौदा तयार गरिएको बताइएको छ । सरकारले आवश्यक तयारी पुरा नगर्दा रेल ल्याएपनि सञ्चालनमा आउन सकेको छैन ।










प्रतिक्रिया दिनुहोस्