काठमाडौँ, २९ कार्तिक । थप ४ सय १६ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख १७ हजार ३ सय ३३ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ७ हजार ३ सय ११ जना रहेका छन । मन्त्रालयका अनुसार आज २ सय ३० जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ७ लाख ९८ हजार ५ सय ४४ जना रहेको छ । आज १ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ११ हजार ४ सय ७८ जना पुगेको छ ।










प्रतिक्रिया दिनुहोस्