काठमाडौँ, ३० कार्तिक । थप ३ सय ७७ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख १७ हजार ६ सय ७२ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ७ हजार ४ सय ७६ जना रहेका छन ।
मन्त्रालयका अनुसार आज १ सय ७० जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ७ लाख ९८ हजार ७ सय १४ जना रहेको छ । आज ४ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ११ हजार ४ सय ८२ जना पुगेको छ ।










प्रतिक्रिया दिनुहोस्