समाचार

आजको राशिफल



विसं २०७८ साल मंसिर ०१ गते, बुधबार, कात्तिक शुक्लपक्ष । ईश्वी सन् २०२१ नोभेम्बर १७ तारिख । नेपाल संवत् ११४१ । कछलाथ्व । दक्षिणायन । हेमन्त ऋतु । शकसंवत् १९४३ । राक्षस । तिथि– त्रयोदशी, १०ः१५ बजे उप्रान्त चुतुर्दशी । नक्षत्र– आश्विनी, २३ः४१ बजे उप्रान्त भरणी। योग– व्यतीपात, २७ः५७ बजे उप्रान्त वरियन् । करण– तैतिल १०ः१५ बजेदेखि गर, २२ः५४ बजे उप्रान्त वव । काठमाडौंमा सूर्योदय बिहान ६ः२७ सूर्यास्त बेलुकी ५ः०९ बजे ।

मेष : शत्रुबढ्ने छन् । कार्य सम्पन्न नहुँदा आर्थिक समस्या थपिनेछ । सन्ध्याकालपछि स्वास्थ्यमा पनि समस्या थपिनेछ ।

वृष : प्रेम प्रेमिकाबीच सम्बन्ध अगाडी बढ्नेछ । आय आर्जनका श्रोतहरू बढ्नेछन् । वैदेशिक कार्यसम्पन्न हुनेछन् । महत्वपूर्ण स्थानमा नियुक्ति वा पदोन्नति हुनेछ ।

मिथुन : रोकिएका कार्य सम्पन्न हुनाले मनमा उत्साह थपिनेछ । स्वास्थ्यमा पूर्णलाभ हुनेछ । प्रेमिकाको सहयोगले आर्थिक लाभ मिल्नेछ ।

कर्कट : व्यापार व्यवसायमा लगानी बढाउनुपर्ने हुन्छ । आफन्तको सहयोग नमिल्नाले जीवनदेखि दिक्क लाग्नेछ । विद्यार्थी राजनीतिबाट अगाडि बढिने छ ।

सिंह : बोलिको प्रभाव बढ्नेछ । छुट्टिएको प्रेमिकासँग पुनः मिलन हुनेछ । अध्ययनमा सफलता मिल्नेछ । दाम्पत्य जीवमा सुख मिल्नेछ ।

कन्या : सामान्य कुराले ठूलो रूपलिनेछ । कम बोल्नु होला । स्वास्थ्यले दुःख दिनेछ । मध्यान्हदेखि आर्थिक लाभ हुनेछ । राजनैतिक सफलता प्राप्त हुनेछ ।

तुला : सामाजिक पद प्रतिष्ठा बढ्नेछ । पारिवारिक जीवन सुखमय रहनेछ । रोकिएको धन प्राप्त हुनाले मनमा आनन्द मिल्नेछ ।

वृश्चिक : मध्यान्हपछि महत्वपूर्ण भेटघाट हुनेछ । नयाँ कार्य आरम्भ गरिनेछ । यात्रापूर्ण मनोरञ्जनात्मक रहनेछ । अध्ययन गर्ने रुचि बढ्नेछ ।

धनु : बोलिको प्रभावले गर्दा रोकिएका कार्यहरु बन्नेछन् । व्यापार गर्ने रुचि हराउँनेछ । पेटसम्बन्धी समस्या आउनेछ ।

मकर : शत्रुद्वारा दुःखदिन सक्नेछन् सजक रहनुहोला । झुटो आरोपको सामना गर्नुपर्ने हुन्छ । महमृत्युञ्जय मन्त्रको जाप आरधना गर्नु राम्रो हुनेछ ।

कुम्भ : अनावश्यक झन्झट आइपर्नेछ । अरुको काममा समय व्यतित हुनेछ । पेरसम्बन्धी समस्या आउने देनिन्छ । आर्थिक सहयोग प्राप्तहुनेछ ।

मीन : गोपनियता नराख्नाले मित्रजनदेखि तिरस्कृत भइनेछ । विद्यार्थी वर्गकोलागि शुभदिन रहनेछ । व्यापार व्यवसायमा मनग्य आम्दानी हुनेछ । कृषक समुदायले पनि राम्रो आम्दानी गर्नेछन् ।

ज्योतिष अर्जुनप्रसाद न्यौपाने