मकवानपुर, १ मंसिर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–९ हनुमानगेट नजिक भैंसी बोकेको बोलेरो गाडीले ठक्कर दिंदा एकजनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको ना ३ च ११९३ नम्बरको बोलेरो गाडीले हेटौंडा बजारबाट रातोमाटेतर्फ जाँदै गरेको ना३४प ६०४४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा कैलाश गाउँपालिका वडा नम्बर–४ कालिकाटारका २४ वर्षीय अविरल रिजालको मृत्यु भएको हो ।
घाइते भ्येका मोटरसाइकल चालक रिजाललाई हेटौंडा अस्पताल ल्याउनासाथ डाक्टरले मृत घोषणा गरेका थिए ।










प्रतिक्रिया दिनुहोस्