राजनीति

माओवादीको सदस्य संख्या सात लाख नाघ्यो



काठमाडौँ, ३ मंसिर । नेकपा माओवादी केन्द्रको सदस्यता संख्या सात लाख नाघेको छ ।

शुक्रबारसम्म सात लाख ३५ हजार जनाले माओवादी केन्द्रको संगठित सदस्यता लिएका छन् । पेरिसडाँडास्थित माओवादी मुख्यालयमा शुक्रबार मध्यान्हसम्म सात लाख ३५ हजारले सदस्यता फारम भरेका छन् ।

गत ६, ११, १२ र १३ असोजमा बसेको स्थायी कमिटीका निर्णय कार्यान्वयनका लागि जारी परिपत्रमा माओवादीले संगठन सुदृढिकरणको अभियानमा करिब ३० लाख ९४ हजार १६८ संगठित सदस्य र समर्थकलाई संगठित गर्ने लक्ष्य राखेको उल्लेख गरेको थियो ।