भक्तपुर, ४ मंसिर । मा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार गएराति अरनिको राजमार्गमा जगातीबाट सूर्यविनायक जाँदै गरेको बाग्मती प्रदेश ०२-०३० प ०१६८ नं को मोटरसाइकलले प्रदेश नं. ३-०१-००३ क. ७८५१ नं. को टिपरलाई ओभरटेक गर्ने क्रममा सडक डिभाडरमा ठोक्किएर दुर्घटना हुदा काभ्रेको रोशी गाउँपालिका- ३ घर भई कलंकी बस्ने २२ वर्षीय मिलन तामाङको मृत्यु भएको हो ।
मोटरसाइकल डिभाइडरमा ठक्कर खाएपछि चालक मिलन टिपरको पछाडिको चक्कामा परेर घाइते भएको र भक्तपुर अस्पतालमा उपचारका क्रममा राति २ बजे मृत्यु भएको हो । टिपर चालकलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्