काठमाडौँ, ५ मंसिर । हिमाली तथा उच्च पहाडी भू–भागका केही स्थानमा आज हिमपात हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । प्रदेश १ का एक–दुई स्थानमा हल्का वर्षाको पनि सम्भावना रहेको छ । आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागहरू सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।
आज राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागहरू सामान्यतया सफा रहने छ । प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू–भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
त्यस्तै आज बिहान ६ बजे काठमाडौँको तापक्रम ९.२ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ । दिउँसो २१ देखि २३ डिग्री सेल्सियससम्म पुग्ने छ । केही दिन पूर्ण बदली रहेको काठमाडौंमा आज भने आंशिक बदली हुने छ ।










प्रतिक्रिया दिनुहोस्