समाचार

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु



सप्तरी, ५ मंसिर । सप्तरीकाे बोदे बरसाइन नगरपालिका–७ हैठीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार स ६ प ५०६० नम्बरकाे मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा सप्तरी खडक नगरपालिका–११ बनौलीका २३ वर्षीय मोहम्मद सहजाद आलमको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका आलमको उपचारका क्रममा गजेन्द्रनारायण सिंह अस्पतालमा मृत्यु भएको हो । उक्त दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।