Banner News

२३८ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु



काठमाडौँ, ५ मंसिर । थप २ सय ३८ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख १९ हजार १९ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ७ हजार १  सय ६७ जना रहेका छन ।

मन्त्रालयका अनुसार आज ३ सय ७० जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ८  लाख ३ सय ५९ जना रहेको छ । आज १ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ११ हजार ४ सय ९६ जना पुगेको छ ।