काठमाडौँ, ८ मंसिर । थप ३ सय ३२ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख २ हजार ४ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ७ हजार ३ सय ६९ जना रहेका छन ।
मन्त्रालयका अनुसार आज २ सय ३२ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ८ लाख ११ सय २२ जना रहेको छ । आज ४ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ११ हजार ५ सय १३ जना पुगेको छ ।










प्रतिक्रिया दिनुहोस्