Banner News

ओलीले ४०० मत ल्याउँदा रावलले ल्याए ४२



काठमाडौँ, १४ मंसिर । नेकपा एमालेको चितवनमा जारी १०औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको भएको निर्वाचनको प्रारम्भीक मत परिणाम आउन थालेको छ ।

नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओलीले भारी मतले अग्रता लिएका छन । निर्वाचन आयोगका अनुसार प्रारम्भिक चरणमा अध्यक्षका उम्मेद्वार केपी शर्मा ओलीले ४०० मत ल्याउँदा भीम रावलले ४२ मत पाएका छन् ।

चितवनको सौराहास्थित होटल सेभेन स्टारमा भएको मतदानमा २ हजार १ सय ५३ जना महाधिवेशन प्रतिनिधिमध्ये २ हजार ७९ जनाले मत हालेका छन्।