राजनीति

एमाले अध्यक्ष ओलीले आज पदबहाली गर्दै



काठमाडौँ, १७ मंसिर । नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपीशर्मा ओलीले आज पद बहाली गर्नुहुने भएको छ ।

केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार दिउँसो १ बजे पार्टी कार्यालयमा ओलीले पद बहाली गर्ने कार्यक्रम तय भएको छ । अध्यक्ष ओली चितवनमा मंसिर १४ गते सम्पन्न १० औं राष्ट्रिय महाधिवेशनबाट दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका थिहुनुभएको थियो । उहाँले अध्यक्षका उमेदवार भीम रावललाई भारी मतान्तरले पराजित गर्नुभएको थियो ।