पोखरा, १९ मंसिर । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री एवं सरकारका प्रवक्ता कुमार खड्का नेपाली कांग्रेस गण्डकी प्रदेशको महामन्त्री पदमा पराजित हुनुभएको छ ।
सभापति शेरबहादुर देउवा प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिएका खड्का ११ मतले पराजित हुनुभएको हो । देश महामन्त्रीमा किरणबाबु श्रेष्ठले ५७३ र विष्णुप्रसाद लामिछानेले ५६७ मत पाएर बिजयी हुनुभयो । यी दुबै बरिष्ठ नेता रामचन्द्र पौडेल प्यानलका उम्मेदवार हुनुहुन्छ । खड्काले ५५६ मत ल्याउनुभएको छ ।
प्रदेशको सबैभन्दा धेरै बजेट भएको मन्त्रालय चलाएका खड्का कांग्रेसको आमन्त्रित केन्द्रीय सदस्य समेत हुनुहुन्छ । कांग्रेस प्रदेशमा २ जना महामन्त्री हुने व्यवस्था छ ।










प्रतिक्रिया दिनुहोस्