Banner News

राप्रपाका नव निर्वाचित पदाधिकारीद्वारा शपथ ग्रहण



काठमाडौँ, १९ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नव निर्वाचित पदाधिकारीहरुले शपथ ग्रहण गरेका छन् ।

आज काठमाडौंमा प्रमाणपत्र वितरण तथा शपथ ग्रहण कार्यक्रम आयोजना गरेर राप्रपा केन्द्रीय निर्वाचन समितिले नव निर्वाचित पदाधिकारीहरुलाई शपथ ग्रहण गराएको हो ।

राप्रपाले राजेन्द्र लिङ्देनको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । उक्त कार्यसमितिको उपाध्यक्षमा विक्रम पाण्डे, बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान र रोशन कार्की निर्वाचित छन् ।