Banner News

कांग्रेसले महाधिवेशनमा शक्ति प्रदर्शन गर्दैन : प्रधानमन्त्री देउवा



काठमाडौँ, २० मंसिर । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४ औं महाधिवेशनमा शक्ति प्रदर्शन नगर्ने बताएका छन् ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आफू निकट केही पत्रकारहरुसँगको कुराकानी गर्दै कोरोना संक्रमणको जोखिम कायमै रहेकाले धेरै मानिस उतारेर शक्ति पदर्शन नगर्ने बताए ।

देउवाले पार्टीको अधिवेशन भएकाले जनतालाई नउतार्ने बताउदै उनले पार्टी सभापति फेरि पनि आफ्नो दाबी रहने बताए । कांग्रेसको १४ औं महाधिवेशन यही मंसिर २४ गतेदेखि २७ गतेसम्म काठमाडौंमा हुँदैछ ।