काठमाडौँ, २१ मंसिर । आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
संयुक्त राष्ट्रसङ्घको महासभाले १९९६ देखि डिसेम्बर ७ लाई नागरिक उड्डयन दिवसको रुपमा मान्यता दिएपछि मनाउन थालिएको हो ।
नेपालमा सन् १९५७ मा नागरिक उड्डयन प्राधिकरण स्थापना भएको हो । प्राधिकरणको स्वामित्वमा रहेको नेपाल वायुसेवा निगमले अहिले सात देशका नौ गन्तव्यमा दुई वाइड बडी र दुई न्यारो बडी गरी चार जहाजबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ । साथै निगमले खतराजन्य पदार्थ ओसारपसारको अनुमति पाएको छ ।
निगमको ६३ वर्षे इतिहासमा पहिलो पटक अन्तर्राष्ट्रिय उडानमा खतराजन्य पदार्थ ढुवानीको स्थायी अनुमति पाएको हो । प्राधिकरणले निगमलाई खतराजन्य वस्तु ढुवानीका लागि अनुमति पत्र प्रदान गरेको हो ।
योसँगै अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आईकाओ)ले खतराको सूचीमा राखेका वस्तु निगमले आवश्यक सुरक्षा अपनाएर ढुवानी गर्न सक्नेछ ।










प्रतिक्रिया दिनुहोस्