काठमाडौँ, २३ मंसिर । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापति पदमा आफ्नो दाबी कायमै रहेको बताएका छन् ।
आज बिहान बानेश्वरमा सन्त नेता कृष्ण प्रसाद भट्टराईको शालिक अनावरण गर्दै नेता सिंहले १४ औं महाधिवेशनमा कांग्रेसलाई विधि विधान अनुसार चलाउन र जनताका अपेक्षा पूरा गर्ने भरोसायोग्य पार्टी बनाउन सभापतिमा आफूले दाबी गरेको बताए ।
कांग्रेसको संस्थापनइतर समूहमा सभापति पदका आकांक्षीहरुले आफ्नो दाबी नछाड्दा उम्मेदवार टुंगो लगाउन सकस परिरहेको छ ।










प्रतिक्रिया दिनुहोस्