काठमाडौँ, २४ मंसिर । देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भागमा मौसम सामान्यतया सफा रहनेछ। राति पनि यी क्षेत्रमा मौसम सफा रहनेछ
त्यस्तै काठमाडौँमा आज बिहान ६ बजेको तापक्रम ६.५ डिग्री सेल्सियस रहेको छ । बिहान ६ बजेको न्यूनतम तापक्रम ६.५ डिग्री सेल्सियस मापन गरिएको छ । दिउँसो काठमाडौँको तापक्रम २८ देखि ३० डिग्री सेल्सियससम्म पुग्ने छ । काठमाडौँमा आज मौसममा बदली हुने छैन ।










प्रतिक्रिया दिनुहोस्