काठमाडौँ, २४ मंसिर । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग प्रतिस्पर्धा गर्न कठिन रहेको बताउनुभएको छ ।
पार्टीको १४ औं महाधिवेशन समारोहलाई सम्बोधन गर्दै नेता पौडेलले आत्म मूल्याङ्कन गर्नुपर्ने बेला आएको भन्दै कम्युनिस्ट भन्दा काँग्रेस के कुराले पछि पर्योे भन्ने कुराको आत्मसमीक्षा गर्नुपर्ने बताउनुभयो । काम गर्दा हेलचेक्रयाइँ गर्दा समयमा अधिवेशन हुन नसकेको भन्दै जसले गर्दा हडबडमा अधिवेशन गर्नुपरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘अहिले भर्खर चितवनमा अधिवेशन सम्पन्न गरेको, प्रतिपक्ष दलको अवस्था अहिले पनि गाउँमा जे देखिरहेका छौ जुन किसिमले विरोधीहरूसँग प्रतिस्पर्धा गर्नुपर्ने छ । हामीलाई त्यो स्तरको, पार्टी काँग्रेसलाई सक्षम बनाउन जरुरी छ । हामी विधि पुर्या उनमात्रै सीमित भएका छौं । प्रतिस्पर्धा गर्नुपर्ने छ । त्यो ज्यादै कठिन छ ।’
पार्टी विकृतिको अखडा बनाउन लागिएको भन्दै त्यसलाई बदलेर स्वच्छ पार्टी बनाउनुपर्ने उल्लेख गर्दै उहाँले नेपाली काँग्रेसको एजेण्डा नै लोकतन्त्रको रक्षा गर्नु रहेको बताउनुभयो ।










प्रतिक्रिया दिनुहोस्