समाचार

आज अन्तर्राष्ट्रिय पर्वत दिवस मनाइँदै



काठमाडौँ, २५ मंसिर । आज अन्तर्राष्ट्रिय पर्वत दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २००३ मा घोषणा गरेपछि दिगो पर्वतीय विकासको महत्त्वमा जोड दिँदै हरेक ११ डिसेम्बरका दिन यो दिवस मनाउने गरिएको हो ।

पृथ्वीको कुल भू–भागको ४ प्रतिशत भाग पर्वतयुक्त छ । ४ प्रतिशत भूभागभित्र पृथ्वीको कुल जनसङ्ख्याको १३ प्रतिशत अर्थात ९१ करोड ५० लाख मानिस पर्वतीय क्षेत्रमा बसोबास गर्ने गरेका छन् ।

विश्वको कुल जनसङ्ख्याको ७० प्रतिशत जीवनले विभिन्न तरिकाबाट पर्वतीय क्षेत्रको पानी उपभोग गर्ने गर्छन् । विश्वका मुख्य हिमालहरू मध्ये धेरै जसो नेपालमा नै पर्ने  भएकाले विश्व समुदायले चासो व्यक्त गर्ने गरेका छन्।