राजनीति

काँग्रेसको महाधिवेशन: कुन पदमा उम्मेदवारी दिन कति शुल्क ?



काठमाडौँ, २५ मंसिर । नेपाली काँग्रेसको सभापति पदमा उम्मेदवारी दिन ३० हजार रुपैयाँ शुल्क लाग्ने भएको छ ।

यस्तै उपसभापति र महामन्त्री पदमा २५–२५ हजार तथा केन्द्रीय सदस्यमा उम्मेदवारी दिन १० हजार शुल्क तोकिएको छ । यसैगरी सहमहामन्त्री पदका उम्मेदवारले २० हजार तिर्नुपर्नेछ ।

केन्द्रीय निर्वाचन समितिका अनुसार उम्मेदवारले मनोनयन दर्ताअघि नै बैंक खातामा रकम जम्मा गर्नुपर्नेछ । रकम जम्मा गर्नका लागि समितिले प्रभु बैंकको खाता उपलब्ध गराएको छ । काँग्रेसको सभापतिसहित १३४ पदमा सोमबार मतदान हुँदैछ भने आज मनोनयन दर्ता हुँदैछ ।